करिव तीन घण्टा अवरुद्ध तिलोत्तको मतगणना सेनाको उपस्थितिपछि मध्यरातबाट सुचारु

करिव तीन घण्टा अवरुद्ध तिलोत्तको मतगणना सेनाको उपस्थितिपछि मध्यरातबाट सुचारु

  • बिहिबार, जेष्ठ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बुटवल, ५ जेठ ।
सेनाको उपस्थिति र सुरक्षा सहजतापछि तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातबाट सुचारु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए ।

सर्वदलीय सहमतिपछि बुधबार राति ९ बजेदेखि मतगणना सुचारु हुने भनिएकोमा सरकारी विद्यालयका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएपछि करिव तीन घण्टा मतगणना कार्य अवरुद्ध भएको थियो ।

एमालेले सुरक्षाको माग गर्दै सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोही अनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना सुचारु गरेको हो ।

यसअघि मतगणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले अवरोध गरेको मतगणना कार्य सर्वदलीय सहमतिपछि बुधबार राति  गणना सुरु हुनै लाग्दा फेरि विवाद सिर्जना भएपछि रोकिएको थियो ।

मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना पुनः गरेर मतगणना कार्यलाई अगाडि बढाउन निर्वाचन आयोगले दिएको निर्देशन र  सर्वदलीय बैठकले गरेको निर्णयले बुधबार राति ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधीबीच कुटाकुटको स्थिति बनेको थियो ।

मतगणनाको पछिल्लो विवरण अनुसार मेयर कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले ३ हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले ३ हजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । उनका सहोदर भाई रामकृष्ण खाण गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार छन् । खाण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ