उदयपुरको वेलकामा कांग्रेसका कार्की विजयी, निवर्तमान मेयर स्वस्तिक थापा ३ हजार १४० मतान्तरले पराजित

उदयपुरको वेलकामा कांग्रेसका कार्की विजयी, निवर्तमान मेयर स्वस्तिक थापा ३ हजार १४० मतान्तरले पराजित

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

जेष्ठ ४, उदयपुर । उदयपुरको वेलका नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका अशोक कार्की निर्वाचित भएका छन् ।

बुधबार दिउँसो सम्पन्न मतगणनामा नगरपालिकाको प्रमुखमा कांग्रेसका कार्की १० हजार १ सय २० मत ल्याएर निर्वाचित भएका हुन् । कार्कीले एमालेका दुर्गाकुमार थापा ‘स्वस्तिक’ लाई ३ हजार १ सय ४० को मतान्तरले पराजित गरे । उनका निकटम प्रतिद्वन्द्वी थापाले ६ हजार ८ सय ५ मतमात्र पाए ।

थापा वेलका नगरपालिकाका निवर्तमान प्रमुख हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचमा अहिले निर्वाचित कार्कीलाई ५ सय ५२ मतले पछाडी पादै विजयी भएका थिए । अहिले उनै थापलाई कांग्रेसका कार्कीलाई ३१४० मतले हराउँदै नगरपालिका प्रमुख निर्वाचित भएका छन् ।

नगरपालिका उपप्रमुखमा एमालेकी जीरा राई निर्वाचित भएकी छन् । राईले ८ हजार २ सय ७६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचन वेलकामा एमालेका थापाले बहुमत सदस्यसहित विजय हासिल गरेका थिए। एमालेको राम्रो पकड रहेको बेलकामा थापा आफु पराजित भएपछि थापाले पार्टीबाटै अन्तरघात भएको आरोप लगाएका छन् भने एमालेजनले थापा कै कार्यशैली, व्यावहार र संगठन बनाउन नसक्दा पराजय ब्यहोरेको बताएका छन् ।

मेयर भएका बेला थापा अधिकांश समय नगरपालिकाको कार्यलय भन्दा बाहिर नै बिताउने गरेका थिए । उनलाई कार्यलयमा भेट गर्न नै नसकिने भन्दै ब्यापक गुनासा आउने गरेको भएपनि कार्यशैलीमा कहिलै सुधार गरेका थिएनन् ।

९ वडा रहेको बेलकामा १,३ ४ र ९ नम्बरको वडाध्यक्षमा कांग्रेसका क्रमशः दिनेश्वर चौधरी, टकप्रसाद आर्चाय, तीर्थराज अधिकारी निर्वाचित भएका छन् । नगरको २, ५ र ६ नम्बर वडाध्यक्षमा क्रमशः एमालेका प्रेमबहादुर दाहाल, दिपकराज रेग्मी र बसन्तकुमार मगर निर्वाचित भए । ७ र ८ नम्बर वडामा माओवादी केन्द्रका निकेस राई र जयकुमार राई विजयी भएको निर्वाचन अधिकृत जनकराज पन्तले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ