पाँचथरको फिदिम नगरपालिकामा कांग्रेसका काफ्ले र माओवादी केन्द्रका न्यौपाने निर्वाचित

पाँचथरको फिदिम नगरपालिकामा कांग्रेसका काफ्ले र माओवादी केन्द्रका न्यौपाने निर्वाचित

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

जेष्ठ ४, पाँचथर । फिदिम नगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित भएका छन् ।

काफ्लेले नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ६०१ मत अन्तरले हराँउदै फिदिमको मेयर बनेका हुन्। काफ्लेले ९ हजार ६२८ मत पाँउदा लावतीलाई ९ हजार २७ मत प्राप्त भएको छ ।

उपमेयर पदमा नेकपा माओवादी केन्द्रका न्यौपानेले राप्रपाका जगत थापा मगरलाई ३ हजार १९५ मतको फराकिलो मत अन्तरले पराजित गरे । उनले ८ हजार ७७३ मत पाउँदा थापाले ५ हजार ५७८ मत पाएका छन् । १४ वटा वडा रहेको फिदिममा २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ वटा वडा सहित मेयर र उप मेयर जितेको थियो ।

यस पटक यहाँ सत्ता गठबन्धन दल एक ठाउँमा उभिएका थिए भने एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग तालमेल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ