भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता

भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

भरतपुर, ४ जेठ। भरतपुर महानगरपालिकामा २९ हजार चार सय ४६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेणु दाहाल १९ सय ६ मतले अघि लागेकी छिन् । उनले १० हजार सात सय ४८ मत ल्याएकी छिन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले आठ हजार आठ सय ४२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार आठ सय ८३ मत ल्याएका छन् ।

यसैगरी, उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी चित्रसेन अधिकारीले १२ हजार आठ सय ५८ मत ल्याएकी छिन् भने राप्रपाकी हिमला गुरुङले सात हजार एक सय ६६ मत ल्याएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ