सिन्धुलीको दुधौली नगरपालिकामान गठबन्धनबाट मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

सिन्धुलीको दुधौली नगरपालिकामान गठबन्धनबाट मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

४ जेष्ठ, सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका हुन् ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु १४ जार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी बाल कुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेकी थिइन् । दुधौली नगरपालिकामा १४ वटा वडा रहेका छन् । जसमा १,३,४,५,६,७ र ८ वडा कांग्रेसले जितेको छ । त्यसैगरी १२,१३ र १४ वडा माओवादीले जितेको छ भने एमालेले २,९,१० र ११ वडा गरी चारवटामा जित हासिल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ