एमालेको गढ भत्काउर्दै कांग्रेसका ३२ बर्षे अनोज चौधरी बने पालिका प्रमुख, उपाध्यक्ष पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित

एमालेको गढ भत्काउर्दै कांग्रेसका ३२ बर्षे अनोज चौधरी बने पालिका प्रमुख, उपाध्यक्ष पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित

  • बुधबार, जेष्ठ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

वीरगन्ज, ४ जेठ । नेकपा एमालेको बलियो पकड रहेको पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबै कांग्रेसले जितेको छ । अध्यक्षमा ३२ वर्षीय अनोज चौधरी निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन्।

१४ वटा पालिका रहेको पर्सामा जारी मतगणनामा मंगलबार राति अन्तिम परिणामा आएको पहिलो पालिका जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्य दुवै पदमा कांग्रेस विजयी भएको हो।
गाउँपालिका अध्यक्षमा निर्वाचित अनोजले निवर्तमान गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई १ हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। अनोजले ४ हजार ५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महतोले ३ हजार २९९ मतमात्रै पाए।

यस्तै उपाध्यक्षमा विजयी रेखाले पनि एमालेकी उम्मेदवार एवं निवर्तमान गाउँपालिका उपाध्यक्ष उषादेवी थरुनीलाइ १ हजार ७४५ मतको अन्तरले पराजित गरेकी हुन्।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी रेखाले ४ हजार ७१० मत प्राप्त गरेकी छन् भने प्रतिस्पर्धी एमाले उम्मेदवार उषाले २ हजार ९६५ मत पाइन्।

पाँच वटा वडा रहेको जिराभवानी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित तीन वडा पनि कांग्रेसले नै जितेको छ। बाँकी दुई वडाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्।

वडा नम्बर ३ , ४ र ५ मा कांग्रेस तथा वडा नम्बर १ र २ को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

जिराभवानी गाउँपालिका अध्यक्षमा निर्वाचित ३२ वर्षिय अनोज, पूर्वगाविस अध्यक्ष स्वर्गीय महादेव महतोका छोरा हुन्। पूर्व फर्मासिस्ट अनोज, आफ्ना बुबाको सपनालाई साकार पार्न भन्दै नेशनल हेल्थ केयरको जागिर छोडेर राजनीतिमा प्रवेश गरेका हुन्। फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका अनोजले आफनो पहिलो प्राथमिकता कृषिमा क्रान्ति ल्याउने रहेको पनि सुनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ