मत बदरको नियम परिवर्तन गर्नुपर्ने एमालेको अडानपछि धुलिखेलको जारी मतगणना रोकियो

मत बदरको नियम परिवर्तन गर्नुपर्ने एमालेको अडानपछि धुलिखेलको जारी मतगणना रोकियो

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

जेष्ठ, ३ काभ्रे । धुलिखेल नगरपालिकाको मतगणना रोकिएको छ । उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर गर्ने भन्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको छ ।
मतगणना सुरु हुनुअघि दलहरुसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पदमा दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने निर्णय भएको थियो । सोही अनुरुप वडा नं ८ सम्मको मतगणना सकिसकेको छ । यसअघि प्रमुख पदमा उम्मेदवार नभएको रुख र अन्य कुनै चिह्नमा संकेत भएको पाइए सो मत सदर गरिँदै आएको थियो ।

वडा नं ९ को मतगणना सुरु गर्न तयारी गरेपछि एमालेले सो नियम मान्न नसकिने भन्दै अर्को नियम बनाएर गर्नुपर्ने अडान राखेको छ । कांग्रेस, स्वतन्त्र लगायतका उम्मेदवारले भने एउटै नियम अनुसार बाँकी मत गणना हुनुपर्ने बताएका छन् ।

विवाद सिर्जना भएपछि दलका जिल्लास्थित प्रमुख, उम्मेदवारसहितको बैठक बसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ