काठमाडौं अर्थात फोहर थुप्रिएको दुर्गन्धित शहर (फोटोफिचर)

काठमाडौं अर्थात फोहर थुप्रिएको दुर्गन्धित शहर (फोटोफिचर)

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

केही दिनयता थुप्रिएको फोहोर नउठाउँदा काठमाडौंका मुख्य सहरमा दुर्गन्ध फैलिएको छ । सहरका चोकमा फोहोरका डंगुर देखिएका छन् । वर्षायाममा चोकचोकमा फोहोरको थुप्रिँदा नाक नथुनी हिँड्नै नसकिने अवस्था आएको छ । त्यसमाथि मुख्य सडकहरुमा नै फोहरको डंगुर त्यसमाथि सवारी साधनले कुल्चदै हिडेको छ । यसले महामारी फैलने खतरासमेत बढाएको छ । तर, जिम्मेवार निकाय काठमाडौं महानगरपालिका भने विभिन्न बहाना बनाउँदै फोहोर उठाउनबाट पन्छिने गरेको छ ।

यतिसम्म कि मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार छेउछाउ पनि फोहरका डंगुर सडकमा छन् । कुलेश्वर, पुतलिसडक बागबजार, डिल्लबजार लगायत सयौ स्थानमा सडकमै फोहर फालिएको छ ।

फोहोरको थुप्रोबाट आउने दुर्गन्धले स्थानीयवासी आजित छन् भने पैदलयात्रीलाई सास्ती दिएको छ नै गाडी चढ्नेहरु पनि गर्मीमा झ्याल थुनेर हिँड्न बाध्य छन् । फोहोरको दुर्गन्ध चारैतर्फ बढेकाले कति बेला महामारी फैलने हो भन्ने त्रास स्थानीयमा छ ।

सडकमा फोहोर थुप्रिन नदिन आफैं पनि सचेत हुनुपर्ने र यस्तो समस्या नदोहोरिने गरी सबै पक्षले समाधान खोज्नुपर्ने स्थानीय बताउँछन् ।

काठमाडौं महानगरपालिकाले भने हरेकपल्ट नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइट भरिएको र ल्यान्डफिल्ड साइटसम्म फोहोरका गाडीहरु जानसक्ने अवस्था नहुँदा काठमाडौंमा फोहोर थुप्रिएको बताएर पन्छिने गरेको छ ।

उपत्यकावासीले फोहोर नउठ्ने समस्या भोग्न थालेको वर्षौं भइसक्यो । अधिकांश समय बिभिन्न बहानामा फोहरका डंगुर काठमाडौका सयौ स्थानमा थुप्रने गरेको छ । यहि कारण काठमाडौं फोहरको डंगुर थुप्रने शहरको रुपमा परिचित हुदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी