डा. भट्टराईको आरोपः कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय चुनावमा लाभ लिए,गठबन्धनको सिद्धान्त कसैले पालना गरेन

डा. भट्टराईको आरोपः कांग्रेस र माओवादीले सेटिङ गरेर स्थानीय चुनावमा लाभ लिए,गठबन्धनको सिद्धान्त कसैले पालना गरेन

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

जेष्ठ ३, काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकपछि आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको समेत बताए । स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको जनाउदैँ भट्टराईले भने, गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले गरेन ।
‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन, भट्टराईले थपे त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरुलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो । तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छु ।’

जनता समाजवादी पार्टी अहिलेसम्मको नतिजाअनुसार ३ ठाउँमा विजयी भएको छ भने ३१ पालिकामा अगाडि रहेको छ । जसपाले अहिलेसम्म ओखलढुंगाको खिजिदेम्बा, धनुषाको जनकनन्दिनी र बाराको करैयामाईमा प्रमुख पद जितेको छ । भट्टराईको गृहनगर पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाले मेयर पद लिएर एमालेले उपमेयर लिने सहमति भएको थियो । तर जारी मतगणना अनुसार अहिले मेयरमा नेकपा माओवादीका विवश चिन्तन र उपमेयरमा माओवादी कै वन्दना पाण्डे अगाडि रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ