बिरगंज ३ जेठ । मधेस प्रदेशको एक मात्र महानगरपालिका रहेको वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उमेदवार जसपाबाट बीरगंज महानगरपालिकाको नगर प्रमुख पदमा राजेशमान सिंहले ४२ सय भन्दा धेरै मतले अग्रता कायमै रहेका छन् ।उनले पछिल्लो चार दिन देखि लगातार अग्रता कायम गर्दै आएका छन्।
पछिलो ताजा मतगणना अनुसार सिंहले ७ हजार ३ सय २० मतका साथ आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् ।
निकटतम् प्रतिद्वन्द्धी नेकपा (एमाले) का विजय कुमार सरावगीले ३ हजार १ सय ०९ मतका साथ सिहंलाई पछ्याइरहेका छन् । यता राप्रपाको गिरिश गिरीले २ सय २० मत प्राप्त गरेका छन् ।बीरगंज महानगरपालिकाको मेयर पदका लागि १५ जना भन्दा धेरैले उमेदवार दिएको भए पनि अन्य उमेदवारहरु अहिले आफ्नो खाता समेत खोल्न सकिरहेको छन्। नगरप्रमुखमा जसपाका उमेदवार सिंहले यसपटक बाजि मार्ने देखिएको छ उनका प्रतिद्वन्द्वी एमालेका उमेदवार सरावगीले यसपटक जनताले मत नदिएकाले हार निश्चित रहेको बुझिएको छ।नगर प्रमुखका उमेदवार सिंहको पक्षमा यसपटक जनताहरुको अपार माया पाएकाले उनको पक्षमा मत अहिले सोचेभन्दा धेरै मत प्राप्त भइरहेको छ।
त्यस्तै वीरगञ्जको उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलमले अग्रता कायमै राखेका छन् । उनले ४ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याई रहेका लोसपाका पुरुषोत्तमलाल झाले ७ सय ८३ मत प्राप्त गरेका छन् भने राप्रपाकी विना जयसवार (कुर्मी) ले ३ सय ८९ मत प्राप्त गरेकी छिन् ।
यसैगरि उपमेरका स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ५ सय ६० मत प्राप्त गरेकी छिन् ।
आज बिहान ८ बजे सम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ३०, ३१ र ३२ मा हालसम्म १४ हजार ६ सय २० मत गणना गर्दाको परिणाम रहेको छ। बीरगंज महानगरपालिका वडा नम्बर १ देखि ३२ वडाहरु रहेकोमा अहिलेसम्म वडा नम्बर ३२ र नम्बर १ मा जसपाले वडा अध्यक्षमा जित हासिल गरिसकेको अवस्था छ।