जसपालाई वीरगन्ज महानगरमा दोस्रो जीत

जसपालाई वीरगन्ज महानगरमा दोस्रो जीत

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • दिपक चौरसिया

  • 5.5K
    SHARES

बिरगंज ३ जेठ । बीरगंज महानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाका मनोज राउत कुर्मी विजयी भएका छन् ।

मङगलबार बिहान सार्वजनिक गरेको मतको नतिजा अनुसार जसपाका उमेदवार कुर्मीले आफ्नो वडामा बाजि मार्ने सफल भएको हो । निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा प्राप्त गरे संगै उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका ओमप्रकाश गुप्तालाई पराजित गरेका हुन ।
कुर्मीले ८५२ मत पाएसंगै वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका ओमप्रसाद गुप्ताले ७३३ मत मात्रै प्राप्त थियोे । वडा नम्बर १ मा कुल ३१०८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
यसअघि नेपाली काँग्रेसकै कार्यकर्ता रहेका कुर्मी , मनोनयनको अन्तिम समयमा काँग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरि जसपाबाट उम्मेदवारी दिएका हुन उनलेे २०७४ को निर्वाचनमा सो वडाबाट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

वडा नम्बर १ को वडा अध्यक्षमा कुर्मी विजयी भएसंगै जसपाले महानगरमा दोश्रो जित हात पारेको छ । यसअघि बीरगंज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाकै रियाज अहमद ठकुराई विजयी भएका थियो ।अहिले बीरगंज महानगरपालिका भित्र धेरै वडाहरु जपसाको पोल्टोमा पर्ने समभावना रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ