सिंगो स्थानीय सरकारमा एक दल !

सिंगो स्थानीय सरकारमा एक दल !

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनको रोचक परिणाम आउँदै छ । हालसम्म तीन स्थानीय तहमा एक दलका उम्मेदवारहरू मात्र निर्वाचित भएका छन् । अन्य दलको स्थिति शून्य छ । अर्थात् एक दलले अन्य दललाई ‘क्लीन स्वीप’  गरिदिएकाे छ ।

ती स्थानीय तहहरू हुन्, निस्दी र पूर्वखोला गाउँपालिका तथा भक्तपुर नगरपालिका ।

नेकपा एमालेले निस्दी र पूर्वखोला गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै दुवै गाउँपालिकामा ‘क्लीन स्वीप’ गरेको हो ।

पूर्वखोलाको अध्यक्षमा एमालेका नुनबहादुर थापा र उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा ‘भट्टराई’ निर्वाचित भए भने ६ वटै अध्यक्षमा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भए ।

निस्दीमा पनि एमालेकै मुक्तबहादुर सारु अध्यक्ष तथा तिरनकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित हुँदा गाउँपालिकाको सातै वडामा एमालेकै उम्मेदवारहरू प्यानलसहित निर्वाचित भएका हुन् ।

गठबन्धन दलका उम्मेदवारहरूको घेराबन्दी तोडेर एमाले उम्मेदवारहरूले दुवै गाउँपालिकामा जितेका हुन् ।

एमालेले अघिल्लो पटक देशका धेरै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो । प्रदेश १ को धनकुटाको सबै स्थानीय तहमा ‘क्लीन स्वीप’ गरेको थियो ।

माओवादीले पनि रुकुम र रोल्पामा क्लीन स्वीप गरेको थियो । तर, यस पटक माओवादीले कहीँ पनि त्यसरी जित निकाल्न सकेको छैन ।

संसद्‍मा एक सिट रहेको नेपाल मजुदर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा यस पटक पनि क्लीन स्वीप गरेको छ ।

त्यहाँको नगर प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीसँगै १० वटै वडामा उक्त पार्टीका सबै उम्मेदवारले फराकिलो मतान्तरसहित कांग्रेस, एमाले, माओवादीलगायत उम्मेदारहरूलाई पराजित गरेका हुन् ।

अघिल्लो पटक पनि त्यहाँ उक्त पार्टीले क्लीन स्वीप गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी