मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा षड्यन्त्रपूर्ण र निर्मम ढंगले हत्या गरिएको थियोः खनाल

मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा षड्यन्त्रपूर्ण र निर्मम ढंगले हत्या गरिएको थियोः खनाल

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनालले समाजवादी नेपाल निर्माण गर्ने शहिदहरूको सपनालाई गहिरो गरी बुझ्दै वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

२९ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले समाजवादी क्रान्ति र रूपान्तरणको प्रवाहलाई राष्ट्रव्यापी रुपमा अघि बढाउन वामपन्थी शक्तिलाई एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

खनालले दुवै नेता नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनका महत्वपूर्ण नेताहरु भएको स्मरण गरेका छन् । मदन–आश्रितले नेपाली जनवादी क्रान्तिलाई अघि बढाउने शिलशिलामा वैचारिक, राजनीतिक र संगठनात्मक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको सन्देशमा उल्लेख छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘तिनै योगदानहरुको समेत कारणले हामीले ०६२-०६३ मा जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्यौँ, नयाँ संविधान निर्माण गर्यौँ र अहिले नेपाली समाज समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आइपुगेको छ ।’

वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको ठोस विश्लेषण गर्दै यस युगका विशेषता र वास्तविकता अनुरुप समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यलाई योजनाबद्ध र सफलतापूर्वक अघि बढाउनु आजको हाम्रो प्राथमिक कर्तव्य बनेको खनालले उल्लेख गरेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘आज फेरि एकपटक जेठ ३ गते आइपुगेको छ । आजभन्दा ठीक २९ वर्षअघि हाम्रो पार्टीका तत्कालिन महासचिव कमरेड मदन भण्डारी र पार्टीका संगठन विभागका प्रमुख कमरेड जीवराज आश्रितको दासढुंगामा अत्यन्त षड्यन्त्रपूर्ण र निर्मम ढंगले हत्या गरिएको थियो । म वहाँहरु प्रति सबभन्दा पहिले हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ