३ जेष्ठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकि छिन् ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदा उनले ५ हजार ७१८ मत प्राप्त गर्दै अग्रता कायम गरिन् । उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ मत प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत प्राप्त गगरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङले पक्षमा ४ हजार ६४५ मत प्राप्त गरेकी छिन् । ४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ मत प्राप्त गरे । साथै राप्रपाका उम्मेदवारले ८८० मत प्राप्त गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline