दैलेखको नारायण नपा मतगणना स्थलमा विवाद, प्रहरीको लाठी चार्जबाट सर्वसाधारणसहित पत्रकार घाइते

दैलेखको नारायण नपा मतगणना स्थलमा विवाद, प्रहरीको लाठी चार्जबाट सर्वसाधारणसहित पत्रकार घाइते

  • मङ्लबार, जेष्ठ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

दैलेख, २ जेठ । दैलेखको जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भएको विवाद साम्य पार्न प्रहरीले लाठी चाजै गरेको छ । प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।

जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडि युवाहरुको दुई समुहबीच भएको आपसी विवाद साम्य पार्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।

युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी चार्ज गरेको जनाईएको छ ।

लाठी चार्जबाट नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटा र रेडियो नेपालमा कार्यरत भीमबहादुर सिजापती सहित नारायण नगरपालिका–७ की डिलमाया शाहीलगायत सर्वसाधरण घाइते भएका छन्। घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

युवाहरुको ढुंगा प्रहारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ