मोरङको रंगेलीमा ४६ घण्टाको गणना रद्ध, पुनः शून्यबाट सुरु भयो गणना: यस्तो छ कारण

मोरङको रंगेलीमा ४६ घण्टाको गणना रद्ध, पुनः शून्यबाट सुरु भयो गणना: यस्तो छ कारण

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

विराटनगर, २ जेठ । मोरङको रंगेली नगरपालिकाको मतगणना ४६ घण्टापछि पुनः सुरु भएको छ। यसअघि गनिएको ३१३२ मतलाई मान्यता नदिने गरी शून्यबाट मतगणना सुरु भएको हो।

मतपरिणामले पछि पर्दै गएको नेपाली कांग्रेससमेतका दलको विरोधका कारण रोकिएको मतगणना सर्वदलीय सहमतिमा पहिलेको गणना रद्ध गरेर शुन्यबाट सुरु गर्ने सहमतीपछि पुनः मतगणना सुरु गरिएको रंगेलीका मुख्य निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए।

उनकाअनुसार पहिलो चरणमा रंगेलीमा १, २ र ३ नम्बर वडाको मतगणना जनता क्याम्पसमा भइरहेको थियो। पहिले गनेको मत फेरि दोहोर्‍याउने गरी अहिले पुरानै वडाबाट पुनः गणना थालिएको छ। ९ वटा वडा रहेको रंगेलीमा स्थानीय तह निर्वाचनअन्तर्गत वैशाख ३० गते २७२७० मत खसेको थियो।

गठबन्धनमा रहेका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को विरोधपछि मतगणना शनिबार राति ८ बजेदेखि रोकिएको थियो। विरोध सुरु भएपछि एक्लाएक्लै चुनावी मैदानमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), सिके राउत नेतृत्वको जनमत पार्टीसमेतले गठबन्धनलाई साथ दिए। रंगेलीमा नेकपा एमाले र राप्रपा पनि एक्लाएक्लै चुनावी मैदानमा छन्।

गणना भइसकेको मतपरिणामअनुसार मेयरका एमाले उम्मेदवार दिलीप बगडिया अग्रवाल १६३१ मतका साथ अगाडि थिए। गठबन्धनबाट कांग्रेसका मोदराज घिमिरेको १०६७ मत थियो। उपमेयरमा एमालेकी भुमा पराजुलीले १६०७ मत र गठबन्धनबाट जसपाका पन्नालाल मण्डलले ४२२ मत पाएका थिए।

निर्वाचन अधिकृत काफ्लेकाअनुसार निर्वाचन आयोग र सीसी क्यामेराको निगरानीमा भइरहेको गणना वैशाख ३१ गते बिहानका राति २ बजेदेखि सुरु भएको थियो। मतगणना जारी रहेका बेला रंगेली–८ मा कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार रहेका आशिष दोर्जेले आफ्नो मतपेटिका सिल नगरिएको, टुटाएको र फुटाएको अवस्थामा रहेको भनेर निर्वाचन अधिकृतको कार्यालयको ध्यानआकर्षण गराएका थिए। त्यसलगत्तैको विरोधले रोकिएको गणना ४६ घण्टासम्म ठप्प बन्यो। सर्वदलीय सहमतिपछि सोमबार बेलुका ६ बजेदेखि पुनः शून्य बाट सुरु भएको काफ्लेले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ