भरतपुरको मतगणना अवरुद्ध, एमाले प्रतिनिधि नै गणनास्थलबाट बाहिरिए: यस्तो छ कारण

भरतपुरको मतगणना अवरुद्ध, एमाले प्रतिनिधि नै गणनास्थलबाट बाहिरिए: यस्तो छ कारण

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना फेरी अवरुद्ध भएको छ।

गणनाका क्रममा नेकपा एमालेका प्रतिनिधिले कर्मचारीले नै धाँधली गर्न खोजेको आरोप लगाएपछि मतगणना अवरुद्ध भएको हो।

मेयरतर्फ सूर्य र हलोमा एकै छाप लगाउँदा मत बदर भएको र रुख र हँसिया हथौडामा एउटै छाप भएको मतपत्र सदर गरिएको भन्दै एमालेले विरोध गरेपछि गणना अवरुद्ध बनेको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सहमतिको प्रयास भइरहेको छ। निर्वाचन अधिकृत रुख र हँसिया हथौडामा मतपत्र पनि बदर गर्न सहमत भएका छन्। तर एमालेले कर्मचारी नै स्वतन्त्र नभएको भन्दै असन्तुष्ट जनाउँदै बाहिरिएपछि गणना सुरु हुन सकेको छैन।

विवादका कारण गणना स्थलभित्र होहल्ला छ ।

मतपत्रमा छाप संकेतका आधारमा सदर वा बदर के गर्ने भन्नेबारे दलका प्रतिनिधिले आपत्ति जनाएपछि आइतबार पनि भरतपुर मतगणना स्थगित भएको थियो ।

पछिल्लो परिणामअनुसार यहाँ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार रेनु दाहाल ५,३८२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ५,३६७ मत ल्याएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ