सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’, रामपदारथ साह अध्यक्ष

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’, रामपदारथ साह अध्यक्ष

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२ जेष्ठ, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् ।

अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोद कुमार साहले ३ हजार २७१ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनहुन्थ्यो । यस्तै, उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४ हजार ६१० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीता देवी रायले ३ हजार ३११ हजार प्राप्त गर्नुभयो ।

यस्तै, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतम कुमार यादव, वडा नं. ४ मा श्याम प्रसाद साह, वडा नं. ५ मा नवीन कुमार यादव, वडा नं. ६ मा हिरेन्द्र कुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी निर्वाचित हुनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ