ताजा परिणामः भरतपुरमा रेणु दाहाल १५ मतले अगाडि

ताजा परिणामः भरतपुरमा रेणु दाहाल १५ मतले अगाडि

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । ताजा मतपरिणाम अनुसार भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छन्।

१६ हजार १३३ मत गणना भर्यसक्दा रेणुले ५ हजार ३८२ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ५ हजार ३६७ मत प्राप्त गरेका छन्। सुवेदी रेणुभन्दा १५ मतले पछाडि छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ५७७ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ६ हजार ५०४ र राप्रपाकी हिमला गुरुङले ४ हजार ३४५ मत प्राप्त गरेकी छन्।

वडा अध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ९८६ मत प्राप्त गरेका छन्। एमालेका भानुभक्त सापकोटाले १ हजार २९५ मत प्राप्त गरेका छन्। राप्रपा उम्मेदवारले ७१७ मत पाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ