जेष्ठ २, ओखलढुंगा । मतपत्र च्यातेपछि चिशंखुगढी गाउँपालिका–३ को मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो ।
पुनः मत गणना गर्ने क्रममा करिब ३ सय मत गनिसकेपछि काँग्रेसका प्रतिनिधिले बदर भनेर राखिएको दुई थान मतपत्र तानेर च्यातेपछि हाल मतगणना स्थगित भएको छ ।
कााग्रेसका जिल्ला सचिव समेत रहेका राजकुमार ढुंगाना सहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए । उनीहरुलाई कारबाही गर्ने नगर्ने बारेमा निर्वाचन अधिकृतको कार्यालयको आदेश बमोजिम हुने प्रहरीले जनाएको छ ।
चिशंखुगढी गाउँपालिकाकी निर्वाचन अधिकृत कमला काफ्लेले काग्रेसको प्रतिनिधिले मतगणनाको क्रममा बदर भनेर राखिएको दुई थान मतपत्र तारजाली बाहिरबाट हात हालेर तानेर च्यातेको बताइन् ।आइतवार नै मतगणना सकिएको थियो । दुबैको मत बराबर आएपछि बराबर मत घोषणा गर्न खोज्दा दुवै पक्षले पुनः मतगणना गर्ने अनुरोध गरेपछि निर्देशिका बमोजिम सहमति गराई आज फेरी गणना शुरु गरिएको काफ्लेले बताईन् ।
मतगणना भईरहेका बेला बदर मतपत्र देखाएर छुट्याएर राखेकोमतपत्र कााग्रेसका एकजना प्रतिनिधिले आक्रोशित भई एक्कासी तानेर च्यातिदिएपछि विवाद सुरु भई मतगणना कार्य नै रोकिएको छ ।
ती सबै दृश्य सिसि क्यामेरामा कैद भएको र त्यसपछि अन्य मतपत्रहरु जस्ताको तस्तै राखेर स्थगित गरिएको निर्वाचन अधिकृत कमला काफ्लेले बताइन् । उनले अब सर्वदलीय बैठक राखेर कसरी बााकी मतगणना गर्ने भन्ने विषयमा छलफल गर्न लागेको जानकारी दिइन् ।
चिशंखुगढी गाउँपालिकामा माओवादी र कााग्रेसकै गठबन्धनमा प्रमूख र उपप्रमूखको उम्मेद्वार विजयी भईसकेका छन् । वडा नं. ३ मा भने गठबन्धन हुन नसक्दा कााग्रेस माओवादीको छुट्टाछुट्टै वडाअध्यक्षको उम्मेद्वार प्रतिस्पर्धामा थिए । वडामा जम्मा १ हजार ७६ मत खसेको थियो ।