भरतपुरमा पुनः रेणु दाहालले लिईन् अग्रता, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुरमा पुनः रेणु दाहालले लिईन् अग्रता, यस्तो छ पछिल्लो मत परिणाम

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

चितवन, २ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता लिएकी छन्।

यसअघि १२ मतको अग्रता लिएकी रेणुले अहिले १७ मतको अग्रता बनाएकी छन्।

१५ हजार ४३२ मत गणना हुँदा रेणुले ५ हजार १६५ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार १४८ प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत प्राप्त गरेका छन्।

उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार २०६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार १५७ मत प्राप्त गरेकी छन्।

वडा नम्बर ४ को चार हजार १०४ मत गणना हुँदा वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ७३७ मत प्राप्त गरेका छन् भने एमालेका भानुभक्त सापकोटाले १ हजार १३३ मत प्राप्त गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ