धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो मतान्तर

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको फराकिलो मतान्तर

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

२ जेष्ठ, कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहनुभएको छ ।

शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ मत गणना भएको छ । जसमा हमालले ४ हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ४२८, नेकपा एमालेका रणबहादुर चन्दले ११४० मत प्राप्त भएको छ ।

मेयर पदमा खसेकामध्ये हालसम्म २ हजार ७९ मत बदर भएका छन् । हमाल र वडबीच २११० मतको अन्तर रहेको छ ।

यस्तै, उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले २ हजार १३८, एमालेकी कन्दकला रानाले १ हजार ९३८ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार २५६ मत प्राप्त भएको छ ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ