जेष्ठ २, बर्दिया । एमालेबाट खुल्ला सदस्यमा निर्वाचित भएका भनिएका बर्दियाको गुलरिया नगरपालिका ४ का अजमेर अली नाउलाई निर्वाचन अधिकृतको कार्यालयले पुनः पराजित भएको भनेर सुचना निकालेपछि विवाद भएको छ ।
आइतबार बेलुकी निर्वाचित घोषित अजमेर ४ घण्टापछि पराजय भएको सूचना निर्वाचन कार्यालयले पुनः सार्वजनिक गरेपछि एमाले समर्थक आक्रोशित भएका छन् । अजमेरको ठाउँमा कांग्रेसका इस्राइल नाउलाई १ हजार १ सय ४६ मतले निर्वाचित भएको अअयोगले जनाएको भन्दै अजमेरले भने, म पराजित भएको भए मलाई किन निर्वाचित भनियो ? यो धाँधली हो । धाँधली गरेर कांग्रेसलाई निर्वाचित गराइयो ।’
निर्वाचित भएको घोषणा लगत्तै समर्थहरुले र्यालि नै निकालेका थिए । उनले आफ्नो बेइजति गराइएको भन्दै मतगणना गर्ने कर्मचारीले गम्भीर लापरबाही गरेको आरोप लगाए । उनले मतगणकहरूमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै आक्रोश पोखेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै मतगणना कार्य केहीबेर रोकेका थिए । वडा नम्बर ८ को मतपेटिका खोलिएकाले मतगणना गर्न दिने सहमति भएको छ । माओवादीका मेयरका उम्मेदवार गेहेन्द्र ढकालले जबसम्म पुनः मतगणना हुँदैन तबसम्म वडा नम्बर ९ देखि १२ वडासम्मको मतगणना गर्नु नहुने बताएका छन् । यो व्यवस्थापनका कमीकमजोरी भएको उनले जनाए ।
मतगणनास्थलमा गुलरिया नगरपालिकाका कर्मचारी फेरिनुपर्ने एमालेले माग समेत राखेको छ ।