काठमाडौँ वडा नं २ मा एमालेको प्यानल विजयी, निकटतम प्रतिद्वन्दी काँग्रेसका सूर्यलाल श्रेष्ठले दिए बधाई

काठमाडौँ वडा नं २ मा एमालेको प्यानल विजयी, निकटतम प्रतिद्वन्दी काँग्रेसका सूर्यलाल श्रेष्ठले दिए बधाई

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २ जेठ ।  काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले छ हजार १६ मतसहित अग्रता कायम गरिरहनुभएको छ । एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गर्नुभएको छ । ५१२ मत बदर भएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिका वडा २ मा विजयी नेकपा (एमाले) का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठसहितको विजयी समूहलाई मतगणनास्थलमा बधाई दिँदै वडाध्यक्षका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका सूर्यलाल श्रेष्ठ

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राख्नुभएको छ । डङ्गोलले छ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसक्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ