गण्डकीमा रोचक नतिजाः कतै १ भोट, कतै शून्य

गण्डकीमा रोचक नतिजाः कतै १ भोट, कतै शून्य

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

पोखरा, २ जेठ ।  नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले  शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार  तारानाथ श्रीपालीले एक मत मात्रै पाए ।

त्यस्तै,  मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष उठेका झ्याम्याङ टासी गुरुङले १ मत मात्रै पाएका छन् ।

अर्को अनौठो नतिजा के छ भने मनाङ र मुस्ताङका अधिकांश पालिकामा दलित महिला सदस्य निल छ । नार्पाभूमीको १ मा महिला र दलित महिला सदस्य नै छैनन् । २ देखि ५ सम्म दलित महिला सदस्य छैनन् ।

मनाङ ङिस्याङको १, २ र ८ मा दलित महिला सदस्य छैनन् । नासों गाउँपालिकाको २, ३ र ६ मा दलित महिला सदस्य छैनन् । यहाँका अधिकांश वडाहरूमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

मुस्ताङको लोमान्थाङमा ५ वटै वडामा दलित महिला सदस्य निल छ । लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नम्बर २ बाहेक सबै वडामा दलित महिला सदस्य निल छन् । बाँकीमा मतगणना चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ