अपडेट : काठमाडौंमा स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

अपडेट : काठमाडौंमा स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौं, २ जेठ।

काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहकोभन्दा कम रहेको छ ।

हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन् ।

बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र सिंहकोभन्दा ३ जहार ५६६ बढी मत ल्याएका छन् । सिंहको भन्दा बालेनले दुई गुना बढी मत प्राप्त गरिसकेका छन् ।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ६ हजार ६८८ हुन्छ । उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ४ मत कम हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ