२ जेष्ठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउदै लगेका छन् ।
११ हजार सय ७ मतगणना हुँदा एमालेका विजयले ३८ सय ३८ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । उनलाई पछ्याइ रहेकी माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले ३८ सय ५ मत प्राप्त गरेकी छिन् ।
विजय र रेणुबीचको मतान्तर ३३ रहेको छ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५ सय ११ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४३ सय ५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले २९ सय ९८ मत प्राप्त गरेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline