एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका राईले जिते भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्ष

एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका राईले जिते भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्ष

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

भोजपुर, २ जेठ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नेकपा एमालेले टिकट नदिएपछि बागी स्वतन्त्रबाट उम्मेदवारी दिएका दौलत कुलुङ राई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

निकै प्रतिस्पर्धामा रहेका राईले निकटत्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेश राईलाई ३८ मत र नेकपा एमालेका शान्तिबहादुर अधिकारीलाई ४ सय ३१ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

राईले कुल १८ सय १४ मत पाउँदा कांग्रेसका राईले १७ सय ८६ र एमालेका अधिकारीले १३ सय ८३ मत पाएका थिए ।

राईले गाउँपालिकाको सम्मुनत समृद्धिको सपनालाई साकार बनाउँदै जनताको सेवा गर्ने दृढ इच्छाले चुनावी मैदानमा सहभागी बनेको बताए । यस्तै, उपाध्यक्षमा भने नेपाली कांग्रेसकी अस्मिता कुलुङ राई निर्वाचित भएकी छन् । उनले नेकपा एमालेकी रिता घलेलाई २ सय ८२ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले कुल १८ सय ६२ मत प्राप्त गरेकी थिइन् ।

६ वडा रहेको उक्त गाउँपालिकाको वडा नं १, ३, ४ र ६ मा कांग्रेस, वडा नं २ मा एमाले र वडा नं ५ मा माओवादी केन्द्र विजयी भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ