२ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।
पछिल्लो परिणाम अनुसार उनले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाएका छन् । बालेनले ६ हजार २ सय ७ मत प्राप्त गर्दा उनलाई पछ्याइ रहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना अन्तिमचरणमा पुगेको छ । १ सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ। श्रेष्ठले १ हजार ३ सय ४४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुर्यलाल महर्जनले ९ सय मत प्राप्त गरेका छन् । यो वडामा सदस्यका सबै उम्मेदवारहरु पनि एमाले नै अगाडि रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline