भोजपुरको आमचोक गाउँपालिकामा माओवादी विजयी

भोजपुरको आमचोक गाउँपालिकामा माओवादी विजयी

  • सोमवार, जेष्ठ २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

जेष्ठ १, काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित भएका छन् । आज राति सार्वजनिक परिणामअनुसार राई ३ हजार ६८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले ३ हजार २५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादीकै सिता राई ३ हजार ५६१ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले ३ हजार २२४ मत प्राप्त गरेका छन् ।

यस्तै उक्त पालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा, वडा २ मा रामबहादुर खड्काले जितेका छन् । वडा ३ मा एमालेका गोपाल राई, वडा ४ मा नेत्र खत्री विजयी बने ।

मा‌ओवादी केन्द्रबाट वडा ५ मा रामप्रसाद राई, वडा ६ मा बमबहादुर बस्नेत, वडा ७ नवीन राई, वडा ८ मा सन्तोष राई, वडा ९ रोशन मगर, बालदिप राई निर्वाचित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ