भरतपुरमा रेणु दाहालको अग्रता कायमै, मतान्तर घटाउँदै विजय सुवेदी

भरतपुरमा रेणु दाहालको अग्रता कायमै, मतान्तर घटाउँदै विजय सुवेदी

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायम राखेकी छन्। ६१७७ मत गणना हुँदा दाहालले २२१२ मतका साथ अग्रता लिएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २१८९ मत प्राप्त गरेका छन्। सुवेदीभन्दा दाहाल मात्र २३ मतले अगाडि छिन्। तेस्रोमा जगन्नाथ पौडेलले ७३२ मत पाएका छन्।

उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २४३६ मतका साथ अग्रस्थानमा छन् भने उनका प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७६५ मत पाएकी छन्। भरतपुरमा दुई गठबन्धनबीच प्रतिस्पर्धा रहेको छ।

वडा नं २ मा वडाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मनोज रानाभाटले एक हजार २४९ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार कृष्ण केसीले एक हजार २२५ मत प्राप्त गरेका छन् ।  सो वडामा दुई हजार ९०० मत गणना भएको छ । वडामा कूल चार हजार ८०८ मत खसेको छ ।

यसअघि वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका थिए ।  भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाका अन्य पालिकाहरुमा रत्ननगर, खैरहनी, कालिका, राप्तीमा पाँच दलीय गठबन्धनको अग्रता रहेको छ भने माडी र इच्छाकामनामा नेकपा (एमाले)ले अग्रता कायम गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ