लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादीका राई निर्वाचित

लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा माओवादीका राई निर्वाचित

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

जेष्ठ १, उदयपुर । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उनी ०७४ सालका निर्वाचित अध्यक्ष पनि हुन् ।

आज दिउँसो सकिएको मतगणनामा उपाध्यक्ष गठबन्धनबाट कांग्रेसका उम्मेदवार पुष्पलाल राई निर्वाचित भएका हुन् ।

मतगणना परिणामअनुसार अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का उम्मेदवार राजकुमार राईलाई ४ सय ६२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् । अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा९एमाले०की देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।

५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकामा क्रमशः माओवादीका जनदिप थापामगर, माओवादीकै जितेन राई, स्वतन्त्र गुरुमणि कुमाई, जनता समाजवादी पार्टीका क्षत्रबहादुर राई र नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ