भरतपुर, १ जेठ । विवादपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुन सुचारु भएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेपछि नेकपा एमालेले आपत्ति जनाउदा मतगणना स्थगित भएको छ ।
एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।
‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार अहिले निर्वाधरुपमा मतगणना भइरहेको छ।
विवादपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुन सुचारु भएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका विजय सुवेदीले १८१४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्र की रेणु दाहालले १६६७ मत प्राप्त गरेकी छन् ।
भरतपुरमा सुवेदी र दाहालबिच कडा प्रतिस्पर्धा देखिएको छ । बागी उठेका जगन्नाथ पौडेलले ६१९ मत प्राप्त गरेका छन् ।उपमेयरमा काङ्ग्रेसका चित्रसेन अधिकारीले १४० मत पाएका छन भने राप्रपाकी हिमला गुरुङको ८० मत प्राप्त गरेकी छन ।