यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

यी हुन् डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

डडेलधुरा, १ जेठ। स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक बहुमतले निर्वाचित भएका छन् ।

कांग्रेसबाट अध्यक्षका उम्मेदवार ईन्द्रबहादुर कार्कीले तीन हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए भने उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित भइन् ।

अध्यक्षका अर्का उम्मेदवार कांग्रेस बिपीका सुरेन्द्रबहादुर मालीले १७ सय तीन मत मात्रै प्राप्त गरे भने नेकपा एमालेका इन्द्र महराले १७ सय तीन मत प्राप्त गरेको निर्वाचन अधिकृत दिलिप तामाङले जानकारी दिए ।

गन्यापधुरामा नेकपा एमाले र बिपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए। यस गाउँपालिकामा जम्मा सात हजार मत खसेको उनले बताए ।

यस्तो छ मत परिणाम, विजयी वडाध्यक्ष 

गन्यापधुरा गाउँपालिका
अध्यक्ष  इन्द्र कार्की, कांग्रेस
उपाध्यक्ष ज्ञानु सेठी, कांग्रेस
नरेश भण्डारी, नेपाली कांग्रेस बिपी
मनोज देउवा, नेपाली कांग्रेस
चक्र देउवा, नेपाली कांग्रेस
नरेश भट्ट, नेपाली कांग्रेस
चन्द्रप्रकाश रोस्यारा, नेपाली कांग्रेस

अमरगढी नगरपालिका
लोकबहादुर ऐर, नेपाली कांग्रेस
हेमराज पन्त, नेपाली कांग्रेस
तीर्थबहादुर ऐर, नेपाली कांग्रेस

अजयमेरु गाउँपालिका
दत्तिसिंह भण्डारी, नेपाली कांग्रेस
हरि भण्डारी, नेपाली कांग्रेस

परशुराम नगरपालिका
लालबहादुर धामी, माओवादी केन्द्र
रमेश बोहरा, नेपाली कांग्रेस
नरेश खवास, नेपाली कांग्रेस

आलिताल गाउँपालिका
यज्ञबहादुर देउवा, नेकपा एमाले
प्रमोद मल्ल, नेपाली कांग्रेस
बलबहादुर बुढा, माओवादी केन्द्र
कुम्भर बुढा, नेकपा एमाले
वीरबहादुर बोहरा, माओवादी केन्द्र
धनबहादुर देउवा, नेपाली कांग्रेस

भागेश्वर गाउँपालिका
मणिकराज भट्ट, स्वतन्त्र
नवदुर्गा गाउँपालिका
शेरबहादुर साउँद, नेपाली कांग्रेस
भक्त कठायत, माओवादी केन्द्र
प्रेमसिंह ऐर, एकीकृत समाजवादी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ