राजेन्द्र लिङ्देनको वडामा राप्रपाको प्यानल नै निर्वाचित, हालसम्म १९ वडामा विजयी भयो राप्रपा (नामावलिसहित)

राजेन्द्र लिङ्देनको वडामा राप्रपाको प्यानल नै निर्वाचित, हालसम्म १९ वडामा विजयी भयो राप्रपा (नामावलिसहित)

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

यी हुन् विजयी वडाध्यक्ष

१. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी प्यानलसहित विजयी।
२. नवलपरासीको रामग्राम–३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने प्यानलसहित विजयी ।
३. नवलपरासीकै प्रतापपुर–३ को वडाध्यक्षमा रामनरेश यादव प्यानलसहित विजयी।
४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ को वडाध्यक्ष केशव खत्रीत प्यानलसहित विजयी ।
५. कपिलवस्तुको कृष्णनगर–१ को वडाध्यक्ष टुंगनाथ चौधरीको प्यानलसहित विजयी ।
६. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ को वडाध्यक्ष लक्ष्मण मेहता प्यानलसहित विजयी।
७. रुपन्देहीको रोहिणी गाउँपालिका–१ को वडाध्यक्षमा अलि पठान निर्वाचित ।
८. चितवनको माडी नगरपालिका–१ को वडाध्यक्षमा अमित लामा निर्वाचित ।
९. सिद्धार्थनगर नगरपालिका–२ को वडाध्यक्षमा छेदीलाल श्रीवास्तव निर्वाचित
१०. नवलपरासीको रामग्राम–१ मा राप्रपाका रुद्रप्रसाद सिंह वडाध्यक्षमा निर्वाचित ।
११. डोटीको केआईसिंह गाउँपालिका–७ को वडाध्यक्षमा दिलबहादुर बलायर विजयी ।
१२. बैतडीको सुर्नया गाउँपालिका–२ मा गणेशबहादुर विष्ट विजयी ।
१३. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का अध्यक्ष उमेश कार्की विजयी ।
१४. धादिङको खनियाबास गाउँपालिका–१ वडाध्यक्षमा सोनाम तामाङ विजयी ।
१५. रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल बिजयी ।
१६. कञ्चनपुरको दोधारा चाँदनी–१ को वडाध्यक्षमा बिक्रम चन्द विजयी ।
१७. धादिङको खनियाबास–२ को वडाध्यक्षमा अरुण तामाङ विजयी ।
१८. रुपन्देहीको सियारी गाउँपालिका–१ को वडाध्ध्यक्षमा अरुण शाही विजयी ।
१९. राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा (झापाको हल्दिबारी १) मा राप्रपाको वडाध्यक्ष देवी थापासहित प्यानल निर्वाचित । गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ