चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको महराको दाबी

चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको महराको दाबी

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

जेष्ठ १, दाङ । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेको प्रसंग उल्लेख गर्दै उनले दलहरूलाई बाइपास गर्ने काम हुन थालेको बताए ।

उनले दलबाहिरका शक्ति समूहलाई लक्षित गरेर अन्यत्र भनेपनि यसबारे केही व्याख्या गरेनन् । घोराहीस्थित रेडियो मध्यपश्चिमको १६ औं स्थापना दिवसका अवसरमा आइतबार बिहान घोराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।

उनले अनपेक्षित निर्वाचन परिणाम आउन थालेको पनि बताए । यसले निर्वाचन कताबाट सन्चालन भएको छ भन्ने कुरामा प्रश्न उठाएको समेत बताए ।

यसपटकको स्थानीय तह निर्वाचनको जारी मतगणनामा महराको पार्टी नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा जितेको छ भने १०७ स्थानीय तहमा अग्रस्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ