सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

  • आइतवार, जेष्ठ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, १ जेठ । सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।

अध्यक्षमा मिङ्मा छिरी शेर्पा २ हजार २८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका चुङ्ब शेर्पाले १ हजार ६०९ मत ल्याउनुभयो ।

उपाध्यक्षमा पनि एमालेकै टासी ल्हमु शेर्पाले २ हजार २३ मतसहित विजयी हुनु भएको छ । उहाँको प्रतिस्पर्धी कांग्रेसकी निर्मला थापा मगरले १ हजार ५८२ मत पाउनुभयो ।

५ वटा वडा रहेको खुम्बुमा वडा नम्बर १ को प्यानल नै कांग्रेसले जितेको छ भने बाँकी चार वडामा नेकपा एमालेले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ