रेसुंगा नगरपालिकामा कांग्रेसले फर्कायो गुमेको विरासत, मेयर र उपमेयर दुवैमा जित

रेसुंगा नगरपालिकामा कांग्रेसले फर्कायो गुमेको विरासत, मेयर र उपमेयर दुवैमा जित

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

गुल्मी, ३१ वैशाख । रेसुंगा नगरपालिकामा का्रग्रेस विजयी भएको छ ।
शनिवार राति भएको मतगणनाको अन्तिम नतिजाअनुसार मेयरमा कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर विजयी भएका छन्।

पन्थीले ७ हजार ७६५ प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका राजेन्द्रप्रसाद पाण्डेयले ६ हजार ६१३ मत प्राप्त गरे। यी दुईबीच मतान्तर १ हजार १५२ मतको छ।

त्यस्तै, उपमेयरमा विजयी कुँवरले ७ हजार ७६० मत प्राप्त गरिन्। प्रतिस्पर्धी एमालेकी रिता पाण्डेले ६ हजार ५३५ मत पाइन्। उपमेयरमा १ हजार २२६ मतान्तर भएको छ।

यो सँगै रेसुंगा नगरपालिकामा कांग्रेसले गुमेको विरासत फर्काएको छ। यसअघि नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले जितेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ