राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेको भन्दै प्रहरीले शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलायो

राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेको भन्दै प्रहरीले शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलायो

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

रामेछाप, ३१ वैशाख । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा प्रहरीले गोली चलाएको छ । आज साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।

मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । मतगणनास्थलमा मत गणना जारी रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ। हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ। प्रहरी कार्यालयले अहिले स्थिति सामान्य रहेको जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ