भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको बराबरी मत

भरतपुरमा रेनु दाहाल र विजय सुवेदीको बराबरी मत

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 34.9K
    SHARES

३१ बैशाख, चितवन । देशकै आकर्षणको केन्द्रविन्दुमा रहेको भरतपुर महानगरपालिकामा मतगणना जारी छ ।

पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका विजय सुवेदी र सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मदेवार रेनु दाहालले बराबर १६७–१६७ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १ सय ८१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले १ सय ६ मत ल्याएकी छन् । भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको थियो ।

यसअघिको निर्वाचनको मतगणनामा पनि विवाद भएका कारण भरतपुर महानगरको मत परिणामलाई धेरैले चासोका साथ हेरेका छन् । त्यहाँ एमाले र सत्ता गठबन्धनबीच प्रतिष्ठाको लडाईं छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ