टिकट वितरणको असन्तुष्टि ब्यालेटमा, शेरबहादुर देउवाकै वडामा कांग्रेस पराजित

टिकट वितरणको असन्तुष्टि ब्यालेटमा, शेरबहादुर देउवाकै वडामा कांग्रेस पराजित

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

वैशाख ३१, डडेलधुरा । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै वीपी कांग्रेसले जितेको छ ।

डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस (बीपी)का नरेश भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ६७३ मत पाए भने कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत प्राप्त गरेका थिए ।यो क्षेत्रमा कांग्रेस वीपी र नेकपा एमालेबीच चुनावी तालमेल भएको थियो ।

प्रधानमन्त्री देउवाले यही वडामा पुगेर मतदान गरेका थिए । डडेलधुरामा पुर्वजिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले देउवासँग टिकट वितरणको बिषयमा असन्तुष्टि जनाएको थियो । वडाध्यक्षमा टिकट वितरणको असन्तुष्टिको फाइदा उठाउँदै कांग्रेस बीपीले एमालेको सहयोगमा देउवाकै वडाबाट विजयी सुरूवात गरेको हो । कांग्रेस उम्मेदवार देउवा प्रधानमन्त्री देउवाकै बन्धु हुन् ।

अधिकांश समय काठमाडौंमा बस्ने उनलाई देउवाले वडाध्यक्षको उम्मेदवार बनाएका थिए । भण्डारी भने गाउँकै स्थानीय हुन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा भने कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।यस्तै, गन्यापधुरा ३ र ४, अमरगढी १ मा कांग्रेसले जितेको छ । प्रधानमन्त्री देउवाले असीग्राम मावी रुवाखोलाबाट मतदान गरेका थिए ।

आल्लिताल गाउँपालिकाको १ मा एमाले र परशुराम १ मा माओवादीले जित हाँसिल गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ