वैशाख ३१, धनगढी । बाजुराको हिमाली गाउँपालिकामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।मतगणना सुरु गर्ने तयारी भइरहँदा मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ ।
दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको प्रहरीले जनाएको छ ।
स्थीति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।
घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline