मताधिकारबाट बन्चित भए बाराका सन्देशः मतपत्र च्यात्नेलाइ प्रहरीले छोड्यो, सहयोगि पक्राउ(भिडियोसहित)

मताधिकारबाट बन्चित भए बाराका सन्देशः मतपत्र च्यात्नेलाइ प्रहरीले छोड्यो, सहयोगि पक्राउ(भिडियोसहित)

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

३१ बैशाख, बारा । स्थानीय तहको निर्वाचनमा बाराका सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका छन्। बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश मतदान स्थल त पुगे तरआफुले चाहेको उम्मेदवारलाई भोट हाल्न पाएनन् । उनको मतपत्र नै अरुले च्यातिदिए ।

करिब ३ बजे निजगढ नगरपालिका २ स्थित लोकप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका घिमिरेले मतपत्र लिएर गोप्य मतदान गर्न गए, तर उनको हात कामेकाले उनले नजिकै रहेका सुशील थापालाई हात कामेको बताए ।

थापाले चिनजान भएका घिमिरेको मतपत्र लिएर सहयोग गर्ने प्रयास गरे तर त्यहाँ रहेका व्यक्तिले हुँदैन एकाघरका व्यक्ति चाहिने भन्दै बिरोध गरे ।

मतपत्र खाली नै थियो थापाले मतपत्र घिमिरेलाई फिर्ता दिए । त्यसपछि स्थानीयले दुबैको मतपत्र खारेज गर्न माग गरे । थापाले भने त्यसअघि नै मतदान गरेर मतपेटिका बाकसमा मतपत्र खसाइसकेका थिए ।

स्थानीयहरू एक आपसमा विवाद गरिएहेको थिए । सोहि विवादका बीच नगेन्द्र श्रेष्ठ (बाबु)ले घिमिरेको हातबाट मतपत्र खोसेर मतपत्रनै च्यातेर फालिदिए ।
घिमिरेले आफ्नु अमूल्य मत दिन पुनः मतपत्र माग गरे, तर दिइएन।

यता प्रहरीले घिमिरेलाई सहयोग गर्ने थापालाई नियन्त्रणमा लिए र निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाए । तर, मतपत्र च्यात्नेलाइ भने छोडे । सामान्य सोधपुछपछि निर्वाचन अधिकृत शम्भु बरालले उनलाई छोडिदिए तर आफ्नो मत दिन गएका घिमिरे भने मतदान नै गर्न नपाइ घर फर्किए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी