गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पोखरा, ३१ वैशाख। हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ ।

कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमालेले मनाङको चामे र मनाङ ङिस्याङ, मुस्ताङको लोघेकर दामोदर कुण्ड, लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा अध्यक्ष जितेको छ ।

कांग्रेसले मनाङको नासों, नार्पाभूमि र मुस्ताङको घरपझोङ गाउँपालिकामा अध्यक्ष जितेको छ । यसअघि कांग्रेसले जितेको लोमान्थाङ र बारागुङ मुक्ति क्षेत्रमा एमालेले इन्ट्री गरेको छ भने यसअघि एमालेले जितेको घरपझोङमा सोटै कांग्रेस विजयी भएको छ । पाँच पालिका रहेको मुस्ताङको थासाङमा गणना भैरहेको छ । यसअघि यहाँ कांग्रेसले जितेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ