रोल्पाका ७ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी, १ वडामा नेपाली कांग्रेस

रोल्पाका ७ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी, १ वडामा नेपाली कांग्रेस

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

रोल्पा, ३१ वैशाख । रोल्पाका ७ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने १ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापाले ९ सय ८७ मत लिई प्यानल सहित विजीय भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ७० मत ल्याए । थबाङ गाउँपालिका १ उवामा माओवादी केन्द्रका गोवर्द्धन घर्तीमगर प्यानलसहित विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिका १ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटमप्रतिद्वन्द्वी कांग्रेसका उमेदवार दिलबहादुर घर्तीमगरले ४ सय १२ मत ल्याए ।

सुनिलस्मृति गाउँपालका १ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन् । कांग्रेस र एमालेसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । माडी गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८ सय ९० लिई विजयी भए ।

कांग्रेस एमालेका गठबन्धनका उम्मेदवार मोहनसिंह वलीले ८ सय ४५ मत ल्याए । ४५ मतान्तरमा वली पराजित भएका हुन् । परिवर्तन गाउँपालिका १ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन् । बुढामगर ७ सय ६३ मत ल्याएका हुन् ।

प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार दिलमन पुनगरको ४ सय ७३ मत ल्याएका थिए । लुंग्री गाउँपालिका ७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन् ।गंगादेव गाउँपालिका १ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ । उनले ३ सय ८५ मत सहित विजयी हासिल गरेका हुन् । प्रत्यासी एमालेका उम्मेदवारले २ सय ४० मत ल्याएको थियो ।

रोल्पा जिल्लामा एक नगरपालिका र ९ वटा गाउँपालिका छन् । दश पालिकामा ७२ वडा रहेका छन् । मध्यरातिसम्म सबै मतदान केन्द्रबाट पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको थियो । कतिपय पालिकामा शुक्रबार बेलुकादेखि र केही पालिकामा आज बिहानबाट मत गणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ