काठमाडौं महानगरमा सिर्जना र बालेनबीच प्रतिस्पर्धा (अपडेट)

काठमाडौं महानगरमा सिर्जना र बालेनबीच प्रतिस्पर्धा (अपडेट)

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाई भईरहेको छ । अहिलेसम्म १ सय २५ मत गणना भएको छ ।
हालसम्मको मतपरिणम अनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले अग्रता लिएकी छन् । हालसम्म गणना गरिएको १ सय २५ मतमध्ये कांग्रेसकी मेयर उम्मेदवार सिंहले ३६ मत प्राप्त गरेकी छिन्।

बालेन शाह ३१ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी एमाले केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म एक सय र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ । वडा नम्बर १ मा गणना गरिएको सय मतमा सिंहले २९, शाहले २० र स्थापितले १६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ