बिरगंज ३१ बैशाख । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको मतगणना शनिबार बिहान ११ बजेदेखी सुरु भनिए पनि दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।
वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय स्थित मतगणनास्थलबाट बसेको शनिबार बिहान बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मतगणना बिहान ११ बजेदेखि नै सुरु गर्ने निर्णय गरेपनि अहिले सम्म शुरु हुन सकेको छैन ।
मतगणनास्थलमा रहेका सन्चारकर्मीहरुका अनुसार , मतगणनामा बस्ने उम्मेदवाका प्रतिधिनीहरुको परिचय पत्र बनाउने काम अहिले भइरहेकाले ढिला भएको हो । मतगणना दिउसो १ बजे पछि मात्रै शुरु हन सक्ने सम्भावना रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline