पाल्पाको माथागढी ८ मा कांग्रेसको प्यानल नै विजयी

पाल्पाको माथागढी ८ मा कांग्रेसको प्यानल नै विजयी

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

वैशाख ३१, पाल्पा । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । ढेंगामगरका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।

बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका, बगनासकाली, तिनाउ, निस्दी, तानसेन नगरपालिकामामा मतगणना सुरु भएको छैन । रैनादेवी छहरा र रामपुर नगरपालिकाममा पनि अझै सुरु भएको छैन । सर्वदलीय बैठक बसेकाले केही समयमा सुरु हने मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । निस्दीमा सहलकोटमा गठबन्धनका उम्मेदवारलाई हात हालेको विषयलाई लिएर सर्वदलीय बैठकमा विवाद भएपछि ढिला भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रुकमांगद अर्यालका अनुसार शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा पाल्पामा ६९ दशमलव ०२ प्रतिशत मत खसेको छ ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ