मुस्ताङको घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी

मुस्ताङको घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी

लो-घेकर दामोदरकुण्ड एमाले

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

पोखरा, ३१ वैशाख। मुस्ताङको घरपझोङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको नतिजा आएको छ । घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी भएका छन् । २०७४ मा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको यहाँ अहिले दुई वटै पदमा कांग्रेसले जितेको छ ।

कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन् । उनले ७६० मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थकालीले एमालेकी भीमकुमारी शेरचनलाई ७५ मतान्तरले हराएकी छिन् । थकालीले ६९३ मत पाउँदा शेरचनले ६१८ मत पाएकी छिन् ।

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट दोस्राे पटक विजयी भए । उनले भारी मतान्तर सहित गठबन्धनबाट एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन् । विष्टले ६८९ मत पाउँदा गुरुङले १८५ मत मात्रै ल्याए । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङले जितेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ