काठमाडौं र भरतपुरसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

काठमाडौं र भरतपुरसहित सबै महानगरपालिकाको मत गणना केहिबेरमा सुरु हुँदै

  • शनिबार, बैशाख ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

३१ बैशाख, काठमाडौं । सर्वाधिक चासो रहेको काठमाडौं र भरतपुरसहित ६ वटै महानगरपालिकामा केहीबेरपछि मतगणना सुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा अहिले ८ बजेदेखि मतगणना सुरु गरिने भएको हो । मतगणनाका लागि शुक्रबार राती सर्वदलीय बैठकले सहमति जुटाएको थियो ।

चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आजै बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । त्यस्तै, ललितपुर महानगरपालिकामा केहीबेरमा बस्ने सर्वदलीय बैठकले मतगणगना प्रारम्भ गर्ने बताइएको छ ।

उता वीरगन्ज र विराटनगर महानगरपालिकामा पनि आज बिहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने दलहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ